काठमाडौं। नेकपा एमालेको केन्द्रीय समितिको दशौं बैठकले १० औँ राष्ट्रिय महाधिवेशन गर्नका लागि बनाएको महाधिवेशन आयोजक समितिको नामावली सार्वजनिक भएको छ। एमाले पार्टी महाधिवेशन आयोजक कमिटीमा रहेकाहरूको जानकारी तल्ला तहमा पठाएको छ। एमालेले मंसिरमा महाधिवेशन गर्ने घोषणा गरेको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षले माओवादी केन्द्रबाट आएका २३ केन्द्रीय सदस्य सहितलाई समेटेर गठन गरिएको कमिटीबारे मातहत कमिटीमा जानकारी पठाएको हो। परिवर्तित परिस्थिति अनुरुप पार्टी विधानमा बाधा अड्काउ फुकाउने निर्णय गर्दै गत चैत ७ गते एमाले केन्द्रीय समिति बैठकले विद्यमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो।
जसअनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल क्रमशः महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवको जिम्मेवारीमा रहेका छन्। तर सो निर्णयको माधव नेपाल पक्षले भने विरोध गर्दै आएको छ। २६४ सदस्यीय १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यको नामावली देहाय बमोजिम रहेको छ।
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/03/uml.pdf”]



लोकपाटी न्यूज

