एमाले कर्णाली प्रदेश कमिटीमा हेरफेर : कसले के जिम्मेवारी पाए ?

uml_office
लोकपाटी न्यूज

सुर्खेत। नेकपा एमाले कर्णालीले प्रदेश कमिटी हेरफेर गरेको छ। पार्टी केन्द्रीय समितिको निर्णयअनुसार कर्णालीमा हेरफेर गरिएको हो। जिम्मेवारी हेरफेर गरिएपछि एमाले कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी गोरख बोगटीलाई दिएको छ।

कमिटीको सह-इञ्चार्जमा प्रदेशसभा सदस्य रहेका सल्यानका गुलावजंग शाहलाई जिम्मेवारी दिएको छ। यस्तै, संविधान सभा सदस्य बनेका दैलेखका लक्ष्मी पोखरेललाई पनि प्रदेश कमिटीको सह-इञ्चार्जको जिम्मेवारी दिइएको छ। प्रदेश कमिटीको इञ्चार्जमा भने प्रदेशसभा सदस्य यामलाल कँडेललाई यसअघि नै जिम्मेवारी दिइएको थियो।

कर्णाली प्रदेश कमिटीको जिम्मेवारी पाएका सबै ओली समूहका नेता हुन्। अब कर्णाली प्रदेश एमालेको अध्यक्षमा बोगटी, इन्चार्जमा यामलाल कँडेल, सह–इन्चार्जमा प्रदेशसभा सदस्य गुलावजंग शाह र लक्ष्मीप्रसाद पोखरेलसँगै सचिवमा धर्मराज रेग्मीले पार्टी जिम्मेवारी बहन गर्ने गर्नेछन्।