ओलीलाई घनश्याम भुसालकाे प्रश्न : कसको बलमा एमाले विभाजन गर्दै हुनुहुन्छ ?

Ghana Shyam Bhusal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी  अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। उनले बुझाएको स्पष्टीकरणमा ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह गरिएको छ।

‘सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ ? पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गर्नु भयो। त्यहि अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानु भयो।

अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केहि विरासत बाँकी छन् जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जीवित गर्न सक्छन्।

भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै प्रश्न गरेका छन्, ‘तपाई अहिले हिँडिरहेको बाटो रहस्यमय छ । कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?

उनको पत्रमा भनिएको छ, ‘ मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोली वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ।’

हेर्नुहोस् पत्रको पूर्णपाठ