रहेनन् मोहन्याल गाउँपालिका अध्यक्ष रावल

Nawalsing-rawal
लोकपाटी न्यूज

डोटी। कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ। आइतबार बिहान घरमै कुर्सीमा बसेका बेला एक्कासी बेहोस भई ढलेका अध्यक्ष रावललाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो।

कोहलपुरमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि सोमबार दिउँसो काठमाडौं लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रशाद शर्माले जानकारी दिए ।

अध्यक्ष रावलको मंगलबार बिहान उपचारकै क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार रावल उच्च रक्तचापबाट पीडित रहेका थिए।
रावलको शव गृहजिल्ला ल्याउने तयारी भइरहेको समेत शर्माले जानकारी दिए। रावल नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्