काठमाडौं। सोमबार तोलामा २ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले घटेको छ। मंगलबारका लागि कारोबार मूल्य प्रतितोला ८६ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य गत सातादेखि क्रमिक घट्न थालेको छ। सोमबारभन्दा मंगलबार तोलामा १० रुपैयाँ घटेको छ। मंगलबार कारोबार मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १७०७.७५ डलर र चाँदी २४.६० डलरमा कारोबार भएको छ। सोमबार सुन प्रतिऔंस १७२७.५७ डलर र चाँदी २४.८५ डलर थियो।



लोकपाटी न्यूज
