काठमाडाैँ। एमाले नेता योगेश भट्टराईले कारवाही र सजायको परिणाम उल्टो हुने चेतावनी दिएका छन्। आज केपी ओली समूहले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णयलाई लक्षित गर्दै उनले यस्ताे बताएका हुन। ओली समूहले सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको बताएकाे छ।
साथै नेता भट्टराईले कारवाही र सजाँय कमजोर शक्तिको अन्तिम अस्त्र भएको पनि उल्लेख गरेका छन्। उनले नेता द्वयमाथीको निलम्बनको निर्णयबाट पछि हट्नु नै कल्याण् हुने उल्लेख गरेका छन्। समाजिक सञ्जालमा लेख्दै नेता भट्टराईले भनेका छन्: कार्वाही र सजाँया कमजोर शत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !
पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै बरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ओली समूहले ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई जानकारी गराएका छन्। नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनिएकाे छ।



लोकपाटी न्यूज

