सुनकाे मूल्यमा सामान्य गिरावट

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य अंकले गिरावट आएको छ। स्थानिय बजारमा सोमवार सुनको भाउ २०० ले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ८६ हजार ५०० मा कारोबार भएको छ। शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ३०० मा कारोबार भएको थियो। शुक्रवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला  २०० ले घटेको हो।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार ०५० मा कारोबार भएको छ। शुक्रवार तेजाबी सुन प्रतितोला ८५ हजार ८५० मा कारोबार भएको थियो।

यस्तै, सोमवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रवार प्रतितोला रू. एक हजार २३० मा कारोबार भएको चाँदी सोमवार  १ हजार २२५ मा खरीदविक्री भइरहेको छ। शुक्रवारको तुलनामा सोमवार चाँदी ५ ले घटेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्