भन्सार विभागले माग्यो ठूलो संख्यामा एजेन्ट (सूचनासहित)

लोकपाटी न्यूज

काठमाडौं। भन्सार विभागले ६ सय ६० जना एजेन्ट माग गरेको छ। विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरेको छ। ६ सय ६० जना भन्सार एजेन्टको लागि विज्ञापन प्रकाशित गरेको हो।

विभागले २१ वर्ष उमेर पुगको नेपाली नागरिले भन्सार एजेन्ट इजाजतका लागि आवेदन दिने सक्ने गरी सूचना जारी गरेको छ। कम्प्युटर सम्बन्धी जानकारी भएको स्नातक उर्तिण गरेका व्यक्तिले दरखास्त दिन सक्नेछन्। परीक्षा केन्द्र काठमाडौंमा मात्र हुने विज्ञापनमा उल्लेख छ।

दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ। २०७८ वैशाख ५ गतेसम्म दरखास्त दिने समय छ। यसैगरी विभागले सरकारलाई तिर्नपर्ने रकम बाँकी नभएको र कुनै फौजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको हुनु पर्ने सर्त अगाडि सारेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्