काठमाडौँ । प्रदेश १ को प्रदेश सभाको बैठक बोलाइएको छ। मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न उनकै पार्टी एमालेका सांसदहरु तयार भएपछि चैत २३ गतेको लागि बैठक बोलाइएको हो। यस अघि चैत १ गते बैठक बसेपनि अनिश्चितकालका लागि स्थगित भएको थियो।
त्यसो त मुख्यमन्त्री राईले गत बुधबार बसेको एमाले संसदीय दलको बैठकमा एक हप्ता भित्र अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए। माघ ७ गते हिउँदे अघिवेशन सुरु भए पनि मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पुस १२ मा पेश भएको थियो । तर, संसदमा भने फागुन ९ गते टेबल भएको थियो। अविश्वासको प्रस्ताव टेबल भएपछि सरकार पक्षले नै बैठक बहिष्कार गर्यो।



लोकपाटी न्यूज

