थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल :गाेल नै नगरी नेपाल फाइनलमा

लोकपाटी न्यूज

काठमाडौं । नेपाल थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा बंगलादेशसँगको प्रतिस्पर्धामा गोलरहित बराबरी खेल्दै नेपाल फाइनल पुगेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले केही राम्रा अवसर बनाएको भए पनि गोल गर्न सकेन। बंगलादेशका केही प्रहारलाई नेपालले रोकेको थियो।

यसअघि किर्गिस्तानको यु-२३ टोलीलाई पराजित गरेको बंगलादेश नेपाल र किर्गिस्तानले बराबरी खेलेपछि फाइनलमा प्रवेश गरिसकेको छ। बंगलादेश किर्गिस्तानको आत्मघाती गोलसँगै १-० ले विजयी भएको थियो।

किर्गिस टोलीसँग गोलरहित बराबरी खेलेको नेपाल बंगलादेशसँग बराबरी खेल्दै फाइनल पुगेको हो। फाइनलमा नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ। नेपालले पछिल्लो पटक बंगलादेशसँग खेलेका दुई मैत्रीपूर्ण खेलमा सन्तोषजनक नतिजा निकाल्न सकेको थिएन।

गत वर्ष नोभेम्बर १३ मा बंगलादेशमा भएको पहिलो खेलमा नेपाल २-० ले पराजित भएको थियो। त्यस्तै नोभेम्बर १७ मा भएको दोस्रो खेलमा नेपालले गोलरहित बराबरी गरेको थियो। शनिबारको खेलमासमेत गोलरहित बराबरी गर्दै नेपाल फाइनल पुगेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्