काठमाडाैँ। सामसङले ५१२ जीबीको डीडीआर फाइभ र्याम मोड्युल सार्वजनिक गरेको छ। यो मोड्युलको स्पीड डीडीआर फाइभ मेमारीको जस्तै क्षमताको रहेको छ। यसलाई र्यामको भविष्य पनि मानिएको छ।
डीडीआर फाइभ हाईके मेटल गेट प्रविधि प्रयोग गर्ने पहिलो र्याम मोड्युल हो। यसले ७२०० एमबी पर सेकेण्डको स्पीड डेलिभर गर्ने गर्छ। यो डीडीआरफोर भन्दा दुई गुणा बढी स्पीड हो।
अहिलेलाई डीडीआर फाइभलाई सुपरकम्प्यूटिङ, एआई र मेसिन लर्निङमा प्रयोग गरिएको छ तर बिस्तारै यसलाई साधारण पीसी, गेमिङ जस्ता कार्यका लागि पनि प्रयोग गरिने बताइएको छ।
यसले नन एचकेएमजी मोडयुल भन्दा १३ प्रतिशत पावरको खपत कम गर्ने गर्छ। यो र्याम प्रयोग गरिएको पीसी सन् २०२२ मा सार्वजनिक हुने जनाइएको छ।



लोकपाटी न्यूज

