खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपाएमालेको खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसिरहेको छ। अहिले कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक बसिरहेको हो। समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ। उक्त समूहको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बसेको थियो।

शुक्रबार पनि खनाल-नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरुबीच छलफल भएको थियो। सोही छलफलपछि नेता खनालको नेतृत्वमा नेपाल र भीम रावलबाहेकका सांसदहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सांसद संसदीय दलको बैठकमा सहभागी भएका थिए।

सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष ओली र खनाल र नेपाल समूहबीचको विवाद उत्कर्षमा छ। ओलीले एमाले ब्यूँतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ । खनाल–नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ।

पार्टीका एकता जोगाउन ०७५ जेष्ठ २ कै पार्टी संरचनामा जानुपर्ने खनाल नेपाल पक्षको अडान छ। अध्यक्ष ओलीले भने संसद विघटनपछि तत्कालीन (नेकपा) हुँदा नै आफूले बनाएका कमिटीलाई एमालेको पार्टी कमिटीमा रुपान्तरण गरेका छन्।

साथै फागुन २८ गते आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर गरिएका गरिएका निर्णय पनि फिर्ता नलिने अडानमा छन्। ओलीले नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि कारबाहीको तयारी थालेका छन्।

नेपाल र रावलले पार्टीलाई बुझाएको प्रष्टीकरण कारबाही योग्य भएको ओलीले बताइसकेका छन्। आजको छलफलमा ओलीले कारबाही गरेको खण्डमा कसरी जाने भन्नेबारे पनि विमर्श हुने पन्तले बताए।