काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चालु संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने बताएका छन्। शुक्रबार संसदीय दलको बैठकमा ओलीले केही दिनमा नै अन्त्य हुने बताएका हुन्।
वैशाखबाट वर्खे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएकाले यो अधिवेशन छिट्टै अन्त्य गर्ने बताएको प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए। बैठकमा ओलीले बजेटका विषयमा सांसदहरुसँग सुझाव मागेका थिए।



लोकपाटी न्यूज

