नबिल बैंकको ‘हिरोज अफ नेपाल’ सम्मान सेफ सन्तोष शाहलाई

लोकपाटी न्यूज

नबिल बैंकले सेफ सन्तोष शाहलाई ‘हिरोज अफ नेपाल’ सम्मान दिएको छ। बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन सफल नेपालीलाई सम्मान गर्ने अभियानअन्तर्गत शाहलाई सम्मान गरेको हो।

बैंकले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी शाहलाई सम्मान गरेको हो। सेफ शाह​ले बेलायतको मास्टर शफ कार्यक्रममा नेपाली परिकारलाई विश्वसामु चिनाएका थिए।

सम्मान कार्यक्रममा सेफ साहले आफ्ना अनुभव र जीवनका उपलब्धि सुनाएका थिए। बैंकले शाह​को गृहनगरमा ई-पुस्तकालय निर्माण गर्ने र ५ जना छात्रालाई छात्रवृत्तिको घोषणा गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्