नेपाल दुरसञ्चार कम्पनी र महालक्ष्मी विकास बैंककाे साधारण सभा भोली

लोकपाटी न्यूज

काठमाडौ। दुई कम्पनीको साधारण सभा भोली बस्ने भएको छ। नेपाल दुरसञ्चार कम्पनी र महालक्ष्मी विकास बैंकको भोली (शुक्रबार) साधारण सभा हुने भएको हो। नेपाल दुसञ्चार कम्पनीको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब र महालक्ष्मी विकास बैंकको आफ्नै रजिष्ट्रड कार्यालय दरबारमार्गमा सभा हुने भएको हो।

दुरसञ्चार कम्पनीले सभामा आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँको दरले लाभांश वितरण गर्ने प्रस्ताव गर्ने भएको छ। साधारण सभा प्रयोजार्थ कम्पनीले फागुन २८ गतेदेखि बैशाख १३ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ।

त्यस्तै, महालक्ष्मी बैंकले आर्थिक वर्षको मुनाफाबाट ९.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ। कम्पनीले सभा प्रयोजनार्थ चैत्र ३ गते एकदिन बुक क्लोज गर्ने भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्