सुनकाे मूल्यमा सामान्य बृद्धि, चाँदीकाे घट्याे

लोकपाटी न्यूज

काठमाडाैँ। सुनको मूल्य बुधवारकाे तुलनामा सामान्य बढेको छ भने चाँदीको घटेको छ। यस दिन(बिहीवार) सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको प्रतितोला १० रुपैयाँले घटेको छ।

बिहीबार छापावाला सुन प्रतितोला ८६ हजार ९०० र तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। अघिल्लाे दिन बुधबार छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

बिहीबार चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्