अर्घाखाँची। नेपाली कांग्रेसका नेता रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक चरित्र नदेखाएको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा उनले ओली नैतिक रुपमा पतन भएको आरोप लगाएका हुन्।
नेता महतले राजनीतिमा नैतिकता हुने भन्दै सत्ता पाएपछि ओलीले चरित्र गुमाएको बताए। नेपालमा कम्युनिष्ट पार्टीहरु विस्तारै सकिन लागेको नेता महतले बताए।
नेता महतले कम्युनिष्टहरुले मुलुक हाँक्न नसक्ने दावी गरे। उनले दुई तिहाई जनमत प्राप्त गर्दा समेत जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाए।
महतले ओलीकै सत्ता लिप्साका कारण नयाँ सरकार बन्न असहज भएको पनि बताए।



लोकपाटी न्यूज

