काठमाडौं। नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथली सर्ने भएको छ। थापाथलीस्थित नयाँ पार्टी कार्यालयको बुधबार प्रधानमन्त्री केपी ओलीले निरीक्षण गरेपछि वैशाख १ गते सर्ने भएको हो। प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले वैशाख १ गते पार्टी कार्यालय सर्ने बताए। उनले नयाँ कार्यालय ५ वर्षका लागि सम्झौता भएको जानकारी दिए। एमालेको पार्टी कार्यालय थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सर्ने भएको हो।
एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा कार्यालय सारिएको थियो।धुम्बाराहीमा रहेको कार्यालय खाली गर्न प्रतिष्ठानले आग्रह गरेपछि एमालेले पार्टी कार्यालय सार्न लागेको हो।
तर उक्त भवनमा डेढ वर्षको सम्झौता बाँकी छँदै थापाथलीमा कार्यालय सार्न लागिएको हो। पार्टीको कार्यालय सार्नेसम्बन्धी सबै कामको नेतृत्व उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गरेका थिए।



लोकपाटी न्यूज

