एमाले पार्टी कार्यालयका लागि प्रस्तावित भवनको निरिक्षण गर्न थापाथलीमा ओली

uml
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पार्टीको नयाँ कार्यालय भवनको निरीक्षण गर्न थापाथली पुगेका छन्। एमालेको पार्टी कार्यालय थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सर्ने भएको हो। आजै सम्झौताको लागि तयारी गरिएको छ। धुम्बाराहीमा रहेको कार्यालय खाली गर्न प्रतिष्ठानले आग्रह गरेपछि एमालेले पार्टी कार्यालयमा सार्न लागेको हो।

पार्टीको कार्यालय सार्नेसम्बन्धी सबै कामको नेतृत्व उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गरिरहेका छन्। २०७२ सालको भूकम्पमा बल्खुस्थित पार्टीको भवन भत्किएपछि २०७२ साल साउन २३ गतेदेखि पार्टी कार्यालय धुम्बाराहीमा सारिएको थियो।