नागरिक लगानी कोषको संस्थापक शेयर चैत १७ सम्म किन्न सकिने

लोकपाटी न्यूज

काठमाडौं। नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहअन्तर्गतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता सेयर बिक्री गरिने भएको छ। बैंकले जारी गरेको सूचनाअनुसार न्यूनतम मूल्य १ हजार ५ सय २ रुपैयाँ ५० पैसा तोकिएको यस संस्थापक सेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिन्छ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी, संघ-संस्था योग्य रहने बैंकले जनाएको छ। इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी, संघ-संस्थाले यही चैत १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमा आफूले लिन चाहेको दररेट शिलबन्दी बोलपत्रमार्फत आवेदन पेस गर्न सक्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्