यस्ताे छ बुधबारकाे सुनचाँदीकाे बजार भाउ

gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा बुधवार सुनको मूल्य स्थिर रहेको छ। स्थानिय बजारमा बुधवार सुनको भाउ अघिल्लो दिन अर्थात मंगलवारको मूल्यमा नै खरीदविक्री भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपंयाँमा कारोबार भएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपंयाँमा कारोबार भएको छ। मंगलवार तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियाे।

यस्तै, बुधवार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। मंगलवार प्रतितोला  एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार १ हजार २४० रुपैयाँमा खरीदविक्री भइरहेको छ। मंगलवाको तुलनामा बुधवार चाँदी  १० रुपैयाँले घटेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्