धुम्बाराहीबाट सर्दैछ एमालेको पार्टी कार्यालय

uml
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीबाट सर्ने भएको छ। हाल धुम्बाराही रहेको एमाले पार्टी कार्यालय पासाङल्हामु स्मृति प्रतिष्ठानको भवन हो। प्रतिष्ठानले कार्यालय खाली गर्न आग्रह गरेपछि एमालेले पार्टी कार्यालयमा सार्न लागेको हो।

थापाथलीस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सार्ने र आजै सम्झौताको तयारी भएको बताइएको छ। पार्टी कार्यालय रहने भवन अवलोकनका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थापाथली जाने भएका छन्।

प्रधानमन्त्री आउने भएपछि अहिले थापाथलीको सुरक्षा व्यवस्थासेत कडा बनाइएको छ। थापाथलीस्थित उपमामार्गमा रहेको प्रस्तावित घरमा पहिले युएन अफिस रहेको थियो। साढे दुई तलाको उक्त घरमा १३ कोठा रहेका छन्। एमालेले पार्टी कार्यालयका लागि मासिक साढे २ लाख रुपैयाँ भाडामा लिने यो घर लिने तयारी गरेको छ।