काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले दार्चुलामा भारतले एकतर्फी नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरेको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो नदिएको आरोप लगाएका छन्।
रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत् महाकाली नदीमा भारतले एकतर्फी रुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न ओलीको ध्यानाकर्षण गराएका छन्।
नेता रावलले आक्रोश पोख्दै ट्वीटरमा लेखेका छन्, ‛दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रमं केपी ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ। सत्ता र कुर्सीका सामु प्रमं केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो–रहस्यमय मौनता।’
रावलले सत्ता र कुर्सीका सामु ओलीलाई देशको भूभागमा के भइरहेको छ त्यो चासो नभएको आरोप समेत लगाएका छन्।
दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रमं केपी ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ।सत्ता र कुर्सीका सामु प्रमं केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो-रहस्यमय मौनता!
— Bhim Rawal, PhD (@BhimRawal179) March 23, 2021



लोकपाटी न्यूज

