कांग्रेसलाई बाबुरामको सुझाव : भाग्‍ने गल्ती नगरौं, गाडी छुट्ला है !

Baburam-Bhattarai-1
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारविरुद्ध पहल लिन ढिलो गर्न नहुने बताएका छन्। ओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दै गरेकोमा चिन्ता व्यक्त गरे।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई लक्षित गर्दै नेता भट्टराईले कुनै वहानामा भाग्ने गल्ती नगर्न पनि सुझाव दिएका छन्। ‘लखनौमा दुई नबाबबीच को पहिले गाडी चढ्ने भन्नेमा अन्योल हुँदा गाडी नै छुटेको’ लोक कहानीको प्रसंग उल्लेख गर्दै भट्टराईले प्रतिपक्षी दलहरूलाई संघर्ष गर्न पर्खन नहुने सुझाव दिए।

‘पहले आप, पहले आप भन्दाभन्दै लखनौका नवावको गाडी छुट्थ्यो रे! विपक्षी दलहरूले एक अर्कालाई देखाएर ओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दैछ! सत्तासीन शक्तिविरुद्ध संघर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो! यो वा उ बहानामा भाग्ने गल्ती नगरौं!’ नेता भट्टराईले भनेका छन्।