बर्दिया। बर्दिया जिल्लाका सीमा नाकाहरुमा विओपिहरु बिस्तारसँगै सीमा ईलाकामा शसस्त्र प्रहरी बलको सक्रियता र उपस्थिति बढदै गएको छ। सोमबार सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हेडक्वाटर बर्दिया मातहत रहेका विभिन्न कार्यालयहरुबाट खटीएको सीमा गस्ती र पिकेट टोलीले भारतबाट अवैध रुपमा भित्रिएका सामान बरामद गरेको छ।
बरामद गरिएका सामानहरुमा सुर्तिजन्य पदार्थ, जडिबुटी (यर्सा गुम्बा), सालको काठ र पशुचौपाय रहेका छन्। बरामद गरी आवश्यक कार्बाहीको लागि सम्बन्धित कार्यालयमा बुझाईएको ।
बरामद गरिएका सामानको मूल्य एक लाख अठ्ठाईस हजार दुई सय रुपैया बराबरको प्रहरीले जनाएको छ। उक्त सामान आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयमा बुझाइएको छ।



लोकपाटी न्यूज
