काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा आफ्नो पार्टीबाट अलग भएका नेताहरुलाई कारवाही र सरकारलाई दिइरहेको समर्थन फिर्ता लगायत विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
माओवादी केन्द्रको बैठकले यसअघि नै स्थायी कमिटीलाई सरकारको समर्थन फिर्ता लिने, नेताहरुलाई कारवाही गर्नेलगायत अधिकार दिइसकेको छ।
सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण उल्टाएपछि सरकारमा सहभागी केही मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने भन्दै माओवादीमा फर्किएका छैनन्।
त्यसलगत्तै गृहमन्त्री रामबहादुर थापा, उर्जा टोपबहादुर रायमाझी, उद्योग लेखराज भट्ट, सहरी विकास प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौशीशंकर चौधरी र युवा तथा खेलकुद दावा तामाङलगायत २३ जनालाई एमाले कन्द्रीय कमिटीमा मनोनित गरेसँगै माओवादी केन्द्रले स्पष्टिकरण सोधेको थियो ।



लोकपाटी न्यूज

