सिङ्गो गाउँनै नेकपा एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश

pic 1
लोकपाटी न्यूज

डोल्पा। डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्वर ५ सुर गाउँका २३ जना नेकपा एकालेका नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिबार एक कार्यक्रमका बीच सोहि वडाका वडा कमिटी अध्यक्ष प्रेम वहादुर शाहीको अध्यक्षता, गाउँपालिका पार्टी कमिटी सचिव कृति बुढाको प्रमुख अतिथ्य र गाउँपालिका अध्यक्ष दत्त वहादुर शाहीले पार्टीमा प्रवेश गराएका हुन्।

एमाले पार्टीका नेता इच्छ बहादुर शाही ,राम बहादुर शाही र बालकृष्ण शाही लगायत २३ जनाको सिँगो गाउँनै माओवादी केन्द्रमा प्रवेश गरेको मुड्केचुला गाउँपालिका अध्यक्ष दत्त वहादुर शाहीले जानकारी दिए। माओवादी केन्द्रबाटै गाउँपालिका अध्यक्ष जितेका शाहीले अब गाउँपालिकामा माओवादी केन्द्रको पकड बलियो भएको दावी गरे।