काठमाडौं। नेपाली काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक जारी छ। पार्टी कार्यालय सानेपामा ४ बजेबाट बैठक सुरु भएको जारी छ। बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल भइरहेको छ।
मातहतका समितिबाट क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची बुझाउने मिति नजिकिएसँगै केन्द्रमा छलफल हुन लागेको हो। क्रियाशील सदस्यता सम्बन्धमा विवादित जिल्लाबारे शीर्षस्थ नेताहरूसँगको छलफलबाट छानबिन समितिले निकास माग गरेको छ।



लोकपाटी न्यूज

