प्रदेशसभा सदस्य रेग्मीमाथि कारबाही गर्न सिफारिस

Dharma-raj-regmi
लोकपाटी न्यूज

सुर्खेत। नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश संसदीय दलले एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गर्न पार्टीसाग माग गरेको छ।
दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित रेग्मी हालै मात्र एमाले प्रवेश गरेका हुन्।

कर्णाली प्रदेश, माओवादी प्रमुख सचेतक सीता नेपालीका अनुसार रेग्मी दलको बैठकमा आएका छैनन् र पार्टीले सोधेको स्पष्टीकरणमा पनि दिएका छैनन्। आवश्यक कारबाहीका लागि प्रदेश पार्टीमार्फत् केन्द्रमा सिफारिस गरिएको उनले बताइन्। एमालेले उनलाई केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ।