सोध्नेहरू नै लाखौं प्रश्नको घेरामा छन् : योगेश भट्टराई

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपाल पक्षीय नेता योगेश भट्टराईले पार्टी नेताहरूलाई स्पष्टीकरण सोध्ने अध्यक्ष केपी शर्मा ओली समूहको प्रतिवाद गरेका छन्। भट्टराईले स्पष्टीकरण सोध्ने पक्ष नै लाखौं प्रश्नको घेरामा रहेको बताएका छन्।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली नेतृत्वमा शनिवार बसेको केन्द्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सोहीअनुसार ती चार नेतालाई आज सोमबार स्पष्टीकरण पत्र पठाइएको छ।

स्पष्टीकरण सोध्ने ओली पक्षलाई प्रतिवाद गर्दै नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘सोध्‍नेहरु (ओली पक्ष) स्वयं लाखौं प्रश्नको घेरामा छन्।’ शनिवारको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा माधव पक्षले बहिष्कार गरेको थियो। बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई थप अधिकार दिएको थियो। ओलीलाई थप अधिकार दिने निर्णय तथा स्पष्टीकरण सोध्ने उक्त निर्णयको आलोचना सोही दिन पनि गरेका थिए।