सदस्यता थप गर्ने वाईसीएलको निर्णय

Ramprasad Sapkota Deepshikha
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले संगठनको राष्ट्रिय भेला गर्ने भएको छ। हालै सम्पन्न संगठनको केन्द्रीय समिति बैठकले जेठ २८-३० गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीय समितिको संख्या १६१ सदस्य हुने तय गरेको छ। साथै तात्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सम्पन्न एकता सर्वोच्व अदालतको फैसलाले भंग गरेसँगै मातृ पार्टी पुरानै अवस्थामा फर्किएको अवस्थामा संगठनका विभिन्न समितिहरुमा पुनगर्ठन गरी सबै समितिहरुलाई भेला आयोजक समितिमा रुपान्तरण गर्ने निर्णयसमेत गरिएको छ।

बैठकले पुरानो सदस्यताको नविकरण गर्दै प्रत्येक प्रतिनिधिसभा निर्बाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ। सदस्यता वितरण चैत्र महिनाभित्र गरिसक्ने निर्णय भएको छ।