नेकपा एमालेको दुवै हातमा लड्डु छ : पार्वत गुरुङ

लोकपाटी न्यूज

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सरकार टिक्न र टिकाउन अनुचित र सिद्धान्तहीन गठबन्धन आवश्यक नरहेको बताएका छन्। माओवादी केन्द्रको विश्वास कायम रहँदा सरकार स्पष्ट बहुमतमा रहेको बताउँदै उनले सरकारमा टिक्न र टिकाउन कुनै सम्झौता गर्ने पक्षमा नरहेको बताए।

आइतबार सिंहदरबारमा पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले सरकारमा रहनु वा प्रतिपक्षमा रहनुमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै चिन्ता नरहेको बताए।

उनले भने, ‘हाम्रो पार्टी एमालेको निम्ति दुईटै हातमा लड्डु छ। सरकारमा रहे पनि तीन वर्षसम्म सुरुवात गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अवधारणाअनुसार राष्ट्रिय गौरव बनाउने अवसर छ।

विपक्षी दल मिलेर सरकारलाई अविश्वासको प्रस्ताव ल्याए पनि विपक्षीमा रहेर प्रमुख प्रतिपक्षीको रुपमा रहेर निर्वाचनको तयारी गर्ने अवसर पनि हुन्छ।’