मर्स्याङ्दीमा ट्रक खस्यो : ६ को मृत्यु, दुई घाइते

Accident-1
लोकपाटी न्यूज

लमजुङ। बेँसीशहर–चामे सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ।

बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार सडकखण्डबाट ५० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए।

ट्रक टुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।मनाङस्थित नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्