एन पी घायलको ‘गजल’

nirmal N-P ghayal
लोकपाटी न्यूज

तेरो गुलाम बन्नु भन्दा निधो हो यो सहर छाड्ने।
मुसाफिर थिइन म गन्तव्य नआइ सफर छाड्ने।।

जवानीको लूटेरा लाई केही त कसुर गर्न सरकार।
यी बर्खे नदी जस्तै हुन वस्ती लूटेर बगर छाड्ने।।

निमोठेर जानेको केही पल हातमा सुवास रहोस्।
म एक पारीजात हुँ निमोठीए पनि अत्तर छाड्ने।।

समयले जिन्दगीको अग्नि परिक्षा लिएको बेला।
सुन्छु अचेल तिम्ले पनि गरेकि छौ तर्खर छाड्ने।।

यी घायल प्रेमीहरु लाई चिनो भनेर छुट्ने बेलामा।
पासो पनि बन्न सक्छ नगरे हर्कत मफलर छाड्ने।।

एन पी घायल, पर्वत

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्