ओली पक्षकाे माधवकुमार नेपालसहितका पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय

KP Sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। एमालेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहितका पाँचजना नेतालाई स्पष्टीकरण सोध्ने भएकाे छ। शनिबार बसेकाे ओली पक्षकाे केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेकाे हाे।

पार्टी हितविरुद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइल्याउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको ओली पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए। याे निर्णयसँगै ओली पक्षले नेपाल-खनाल पक्षलाई कारबाही गर्ने प्रकृया शुरु भएकाे अर्थका रुपमा हेरिएकाे छ। अर्का बरिष्ठ नेता झलनाथ खनाल पनि नेपाल पक्षमा रहेपनि उनलाई भने स्पष्टिकरण साेध्ने निर्णय गरिएकाे छ।

बैठकले पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको विदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार दिएको छ। बैठकले अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकाय पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय गरेको छ। २०७८ मंसिर २ देखि ६ सम्म हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि अहिलेको २ सय ६४ सदस्यीय कमिटीलाई आयोजक कमिटी बनाउने निर्णय गरिएको ती नेताले जानकारी दिए।