काठमाडौं। नेकपा एमालेको संसदीय दलको विधान संशोधनसहित पारित भएको छ। बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकले विधान पारित गरेको हो ।
अदालतले एमाले ब्युँत्याएपछि पहिलो पटक दलको बैठकमा उपस्थित वामदेव गौतमले राजनीतिक र विधानका विषयमा धारणा राखेका थिए। गौतमसहित बैठकमा खिमलाल भट्टराई, विन्दा पाण्डे, राजेन्द्र गौतम, कृष्ण दाहाल, मना केसी, विमला विक, गोपाल वम, भानुभक्त ढकाल, शान्ति पाख्रिन, कृष्णभक्त पोखरेलले धारणा राखेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
‘मानवीय सांसदहरूले दिएको सुझावको आधारमा विधानलाई विधिवत रुपमा आज हामीले पास गरेका छौँ’ भट्टराईले भने। बैठकप्रति वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका ३८ सांसदले पाँचबुँदे लिखित असहमति राखेका छन्। संसदीय दलको कार्यालय सिंहदरवारमा जम्मा भएका नेपाल–खनाल पक्षका सांसदको पाँचबुँदे असहमति बालुवाटारमा भएको बैठकमा पेश भएको छ।



लोकपाटी न्यूज

