मसँग हारेको मान्छेले फेरि किन अध्यक्ष मागेको ? : ओली

Kp Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन्। शनिबार बालुवाटारमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले यस्तो चुनौती दिएका हुन् ।

उनले नेता माधवकुमार नेपाललाई लक्षित गर्दै ’आफूसँग हारेको मान्छेले फेरि किन अध्यक्ष मागेको ?’ भन्दै प्रश्न गरे। पछिल्लो समय चौतर्फी रुपमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको छ।