एमाले संसदीय दलको बैठक अझै सुरु हुन सकेन

baluwatar_pic
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक बिहान १०ः३० बजेलाई बोलाइए पनि अझै सुरु हुन सकेको छैन। बैठकका लागि सांसदहरू प्रधानमन्त्रीको निवास बालुवाटार प्रवेश गरिरहेका छन्। अझै पनि सांसदहरू आउने क्रम जारी छ।

प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाइएको बैठक माधवकुमार नेपाल पक्षले भने बहष्किार गरेको छ। नेकपा एमालेले संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने तयारी गरेको छ।

यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।