नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित

लोकपाटी न्यूज

काठमाडाैँ। नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्। पब्लिक शेयर धनीको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथा लगानीकर्ता पौडेल सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन्।

टेलिकमको सञ्चालक पदमा मनोनयन दर्ताको समय बिहीबार दिउँसो २ बजेसम्म मात्रै रहेको थियो तर २ बजेसम्म पौडेलको मात्रै मनोनयन परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

पौडेल नेपाली शेयर बजारका अनुभवि खेलाडी हुन्। नेपाल टेलिकममा सरकार ९१.४९ प्रतिशत, सर्वसाधारणको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्