काठमाडौं। नेपाल बङ्गलादेश बैंकसहित तीन ओटा कम्पनीको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ।
नेपाल बङ्गलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस शेयर, सेञ्चुरी कमर्सियल बैकको ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बोनस शेयर र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १ लाख २१ हजार बोनस शेयर सूचीकृत भएको हो।
ती तीन ओटै कम्पनीको बोनस शेयर शेयरधनीले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन्।



लोकपाटी न्यूज
