प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई बालुवाटार बोलाए

oli-bamdev
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन्। बिहीबार बालुवाटारमा एमाले संसदीय दलको बैठक बस्दैछ।

तर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले उक्त संसदीय दलको बैठकमा सहभागी नहुने घोषणा गरिसकेको छ। नेपाल पक्षले ललितपुरको सानेपामा आफू पक्षीय सांसदहरुको बैठक बोलाएको छ। बालुवाटारमा बस्ने बैठकमा आउन उपाध्यक्ष गौतमलाई फोन गरिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

गौतम अहिलेसम्म ओली वा नेपाल समूहमा लागेका छैनन्। ओलीको तर्फबाट निम्तो दिन प्रमुख सचेतक विशाल भट्टराईले गौतमलाई बिहान फोन गरेका हुन्। तर गौतम निकटले भने बालुवाटार जाने-नजाने बारे निश्चित नभएको बताएका छन्।

सर्वोच्च अदालतको फैसलाले नेकपा भंग भएपछि राष्ट्रियसभामा एमालेको संसदीय दलको नेता खाली रहेको छ। यसअघि नेकपाका नेता दिनानाथ शर्मा माओवादीको दलको नेता बनेका छन्।