प्रदिप रोदनको ‘गजल’

pic
लोकपाटी न्यूज

यादमा एक साथमा छ अर्को।
एक गल्ली बनेँ तेरो शहरको।

पानी खायो डुबेर कुन नदीमा,
बल्ल खोज्दैछ प्यार ऊ बगरको।

पुष्प सेतो थियो देख्यो गुलाबी,
यै त औकात हो यहाँ नजरको।

जो उज्यालो हुँदैछ दिन हुँदा त,
त्यै अँध्यारो थियो कि रातभरको।

सल्किएँ दाउरा बनी कहाँ म,
एक लौरी थिएँ कुनै सफरको।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्