नेकपा एमाले नेपाल पक्षको कार्यकर्ता भेला सुरु : यस्तो छ कार्यसूची

madhav vela
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको छ। ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा भेला शुरु भएको हो।

भेलामा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी गरेका निर्णयविरुद्ध छलफल गर्ने जनाइएको छ। स्रोतका अनुसार उक्त भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने, टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गर्ने कार्यक्रम रहेको छ।

भेलाले सर्वोच्च अदालतले पूर्ववत् रुपमा एमालेलाई फर्काइदिएपछि पार्टीको हालसम्म गरेका क्रियाकलाप तथा गतिविधि समेटिएको कार्यसूची समेत जारी गर्ने स्रोतले जनाएको छ। भेला आज र भोलि चल्नेछ।