काठमाडौं। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटो बिदाइ गर्न नसके इतिहासले माफी नगर्ने बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत् भट्टराईले ओलीले राज्यका सबै अंग र साधनस्रोत कब्जा गरिरहेको आरोप लगाए। उनले ओली तानाशाहको बाटोमा अघि बढेको समेत बताएका छन्।
उनले लेखेका छन्, ’राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र, संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन है।’




लोकपाटी न्यूज

