काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा यतिबेला शीतल निवासमा सर्वदलीय बैठक जारी छ।
समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक आह्वान गरेकी हुन्।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरु सहभागी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
बैठकमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधी, शशांक कोइाराला सहभागी छन् ।
त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङ सहभागी छन्।
त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी राप्रपाबाट प्रकाशचन्द्र लोहनी, नेमकिपाबाट प्रेम सुवाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलगायत नेताहरु भएकाेराष्ट्रपति कार्यालयले जनाएको छ।
बैठकमा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल र बाबुराम भट्टराई भने अनुपस्थित रहेकाे कार्यालयले बतायाे ।



लोकपाटी न्यूज

