काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अब पार्टीमा अचाक्ली नसहने बताएका छन्। बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
“जंगलको राज चलाउने, विधि पद्धतिका कुरा गर्ने ? नियम कानुन, संविधान केहीको मतलव छैन। अहंकार, स्वेच्छाचारी,” ओलीले भने, “७५ जेठ ३ अघिको अवस्थामा फर्कियो भनेपछि पनि छुट्टै भेला गर्दैछन्। निहुँ खोज्दैछन्। राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने रे ! अर्को पार्टी र कमिटी बनाउनका लागि हो ? यस पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन। अब सहेर बस्दैनौँ। अचाक्ली भयो।”
सम्बोधनका क्रममा ओलीले भने, ‘केही मानिसहरु निहुँ खोजिरहेका छन्। भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे, समानान्तर कमिटी बनाउने अरे।’
‘अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन’ उनले अघि भने, ‘अचाक्ली भयो। पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन सक्दैन।’ पार्टीको विधान, दलसम्बन्धी कानून रहेको भन्दै ओलीले यसबारे सबैको ध्यानाकर्षण गराउन चाहेको बताए।



लोकपाटी न्यूज

