ओलीको भेट्ने प्रस्ताव प्रचण्डद्धारा अस्विकार

Prachanda-Oli.jpg01
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न गरेको आग्रहलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले अस्विकार गरेका छन्।

सोमबार राति ओलीले भेटौन भनेर प्रचण्डलाई टेलिफोन गरेका थिए। जवाफमा प्रचण्डले केही नभनेको प्रचण्ड निकट स्रोतले जनायो।

नेकपा एमालेमा अल्पमतमा रहेका ओलीले सोमबार एमाले नेता माधवकुमार नेपाललाई भेटेका थिए। भेटमा दुई नेताबीच तिक्तता हटाउने भनिएपनि दुई नेताबीच झन तिक्तता बढेको बताइएको छ।

नेपालसँग थप तिक्तता बढेपछि ओलीले प्रचण्डलाई सम्झिएका थिए। एमाले र माओवादी केन्द्र मिलेर नेकपा भएको पार्टीलाई सर्वोच्च अदालतको निर्णयले विभाजित गरिदिएको हो।