धुम्बाराहीको छलफलबारे अर्याल होटलमा ब्रिफिङ गर्दै माधव नेपाल

madhav kumar nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अहिले अर्याल होटलमा आफू पक्षीय नेता तथा केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ गर्ने भएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच धुम्बाराहीमा वार्ता निष्कर्षबिहीन भएपछि नेता नेपालले आफू पक्षीय नेताहरुलाई आजको वार्ता र अबको रणनीतिबारे छलफल गर्ने बताइएको छ।

यसअघि धुम्बाराहीमा ओली र नेपालले वान टू वान वार्ता गरेका थिए। तर उनीहरुले आ–आफ्नै अडान कायम राखेका थिए। ओली र नेपालबीचको वार्ता टर्रो भएपछि माधव कुमार नेपालले अबको रणनीति बनाउन आफू पक्षीय नेताहरुलाई अर्याल होटलमा बोलाएका हुन्।

माधव नेपालले २८ गतेको निर्णय फिर्ता लिन आग्रह गरेका थिए। साथै नेताले आगामी चैत ४–५ गते तय कार्यकर्ता भेला स्थगित गर्ने प्रस्ताव गरेपनि ओलीले अस्वीकार गरेका थिए।

वार्तामा ओलीका तर्फबाट ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहितका पाँच नेता तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल, घनश्याम भुषाल र गोकर्ण विष्टसहितका नेता सहभागी थिए।