काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक सकिएको हो।
आजको बैठकमा पूर्व निर्धारित कार्यसूची अनुसार नै केन्द्रीय कमिटीका सदस्यहरुले अहिलेको विशिष्ट राजनीतिक परिस्थिति र पार्टी निर्माण र आन्दोलनको एकिकरणको सन्दर्भमा आ-आफ्नो कोणबाट धारणा राखेका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा २० जना केन्द्रीय सदस्यहरु जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुन, रामदिप आचार्य, हेमराज भण्डारी, पुष्पबिक्रम मल्ल, कृष्ण केसी, दलजित श्रीपाली, परशुराम रम्तेल, जयपुरी घर्ती, हितबहादुर तामाङ, प्रकाश पोखरेल, धर्मदत्त देवकोटा, परशुराम आचार्य, दिलाराम आचार्य, ओम शर्मा, कुमार पोखरेल, रामचन्द्र झा आफनो धारणा राखेका थिए।
उनीहरुको धारणा सुनिसकेपछि आजको लागि स्थगित गरिएको र केहीदिनपछि बैठक शुरु गर्ने उनले बताए। ‘उहाँहरुको कुरा सुनिसकेपछि आजको बैठक स्थगित गरिएको । पुनः केहीदिनपछि अर्को बैठक बस्नेछ ।’ उनले भने। तत्कालका लागि सांगठनिक कामहरुमा जानुपर्ने भएकाले बैठक स्थगित गरिएको उनले बताए। बैठक आइतबार पनि बसेको थियो।



लोकपाटी न्यूज

