काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले आजको वार्ताबाट कुरा नमिलेको बताएका छन्। धुम्बारहीस्थित पार्टी कार्यलयमा आज भएको वार्ताबाट कुनै निष्कर्ष नआएको बताएका छन्।
वार्तापछि पत्रकारहरुसँग कुरा गर्दै रावलले भने, ‘आज कुरा मिलेन, फेरी छलफल हुन्छ, समय तय भएको छैन।’ उनले अध्यक्ष ओलीले फागुन २८ गते प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिएको अडान फिर्ता लिनुपर्ने अडान राखेको भीम रावलले जानकारी गराएका छन्।
फागनु २८ गते पार्टी अध्यक्ष ओलीले पदाधिकारीहरुलाई हटाएका थिए। नेकपामा भएका पदाधिकारी हटाएर माओवादीका केही नेताहरुलाई जिम्मेवारी दिएका थिए। फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले ब्युताइदिएपछि ओली समूह र माधव नेपाल समूह अलगअलग भएका थिए। उनका अनुसार नेपाल समूहले दुबै पक्षले आफू खुसी गरेका सबै गतिविधि स्थगित गर्न समेत प्रस्ताव गरेको थियो। तर अध्यक्ष ओली २८ गतेको निर्णय स्थगित गर्न सहमत भएनन्।
दुबै पक्ष आ आफ्नो अडानमा रहेपछि फेरि छलफल गर्ने भन्दै नेताहरु छुट्टिएका छन्। तर कहिले छलफल गर्ने भन्ने टुंगिएको छैन । ‘दुबै पक्षले आ आफ्नो अडान राखेका छन्, छलफल जारी रहन्छ’ भेटमा सहभागी नेता रघजुी पन्तले भने।



लोकपाटी न्यूज

